News

नेकपा स्थायी कमिटी बैठक २ घण्टाका लागि स्थगित

काठमाडौं, ०६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक २ घण्टाका लागि स्थगित भएकाे छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो १ बजे बस्नेगरि सारिएको हो । दुई अध्यक्षबीच टेलिफोन संबादपछि बैठक सारिएको बताइएको छ ।

असार २० गतेबाट पटक पटक सर्दै आएको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असमझदारी सृजना भएपछि करिब ६ पटक मिति तय भएपपनि बैठक बस्न सकिरहेको छैन।

असार २६ गते तेस्रो पटक रोकिएको बैठक बाढी पहिरोको कारण मुलुकमा जनधनको क्षति भएको भन्दै साउन २ गते सारिएकाे थियाे । २ गतेपनि बैठक बस्न सकेन, पुन: ४ गतेलाई सारिएको थियो । त्यसपछि ४ गते पनि बैठक बस्न नसकेपछि बैठक आज ६ गतेका लागि तय भएको थियो । नेकपामा आन्तरिक विवाद बढेपछि दुई अध्यक्षको सहमतिमार्फत यसको समाधान खोज्ने प्रयास भइरहेको छ ।

Related Articles

Back to top button
Close