News

विश्वचर्चित रेस्लर जोन सेनाले गरे इरानी युवतीसँग विवाह

वासिङटन : विश्वचर्चित रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सेनाले शाए शारियातजादेसँग विवाह गरेका छन् ।शाएसँग उनी केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले यही अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् । यद्यपि विवाह समारोहबारे विस्तृतमा जानकारी गराइएको छैन । जोनले भने विवाह सम्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका छन् ।अभिनेता समेत बनेका ४३ वर्षीय सेना यसअघि २००९ देखि २०१२ सम्म एलिजाबेथ हुबर्देउसँग वैवाहिक सम्बन्धमा थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

र त्यसपछि ६ वर्षसम्म अर्थात् २०१८ सम्म सेलिब्रिटी निकी बेलासँग सम्बन्धमा थिए । तर निकी बेलासँग उनको परम्परागत वैवाहिक सम्बन्ध रहेन । सेना र निकीले इंगेजमेन्ट भने गरेको र सम्बन्ध बिच्छेद पनि भएको बताइन्छ ।अन्तर्राष्ट्रिय मिडियाका अनुसार जोन सेनासँग हालै विवाह गरेकी शारियातजादे इरानी मूलकी क्यानेडियन युवती हुन् । गत अप्रिलमा मात्रै उनले युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अन्तर्गत इन्जिनियरिङको डिग्री सर्टिफिकेट लिएकी थिइन् ।

Related Articles

Back to top button
Close