News

चर्चित अभिनेत्री मिथिला शर्माको आज जन्मदिन

काठमाडौँ । चर्चित अभिनेत्री मिथिला शर्माको आज जन्मदिन परेको छ । नेपाली चलचित्र क्षेत्रकी प्रसिद्ध अभिनेत्री मिथिला अहिले अभिनेता तथा अभिनेत्रीकी आमाको भूमिका निभाउँदै आएकी यि लोकप्रिय अभिनेत्रीलाई विहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।वि।सं। २०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘विश्वास’बाट चलचित्रको रङ्गिन दुनियाँमा होमिएकी मिथिलाले झण्डै एक सय ५० चलचित्रमा अभिनय गरिसकेकी छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

लगभग १० वर्षअघि स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको चलचित्र सुख–दुःखमा अभिनय गरेपछि उनको उचाइ अझ चुलिएको थियो ।मुकुन्डो, सुख(दुःख,दिदी,मुना मदन, बसाइँ र अफ्नो मान्छे, आमा जस्ता चर्चित फिल्ममा अभिनय गरेकी यि सुन्दरी अभिनेत्रीले ५० वर्षको उमेरमा मोतिलाल बोहरासँग विबाह गरेकी हुन् । बोहरा नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख हुन् । जन्मदिनको अवसरमा अभिनेत्री शर्मालाई ओएस नेपालको तर्फबाट लाखौँ लाख शुभकामना ।

Related Articles

Back to top button
Close