vada
News

पोखरामा छतमा टिकटक बनाउने क्रममा लडेर ८ वर्षकी बालिकाको मृत्यु

काठमाडौ । पोखरामा टिकटक बनाउन छतमा गएकी एक बालिकाको लडेर निधन भएको छ । पछिल्लो समयको हरेक पुस्ता माझ लोकपृय बनेको टिकटकका कारण धेरै घटना पनि भएका छन् । भारतमा यसलाई बन्देज गरिएको छ । युवा पुस्ता माझ बढी लोकपृय टिकटक बालबालिकाले पनि प्रयोग गर्छन । साना देखि ठूला सबै टिकटकमा भुलेको देख्न सकिन्छ ।

टिकटकको लागि भिडियो बनाउने क्रममा पोखरामा बालिकाको ज्यान गएको छ । उनी टिकटक भिडियो बनाउने क्रममा अचानक लड्न जाँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

यहीँ माघ ११ गते आइतवार पोखरा महानगरपालिका-१४ मनकामनाटोल बस्ने ८ वर्षकी प्रनिषा बाँनिया घरको छतमा बसेर टिकटक बनाउने क्रममा अचानक लडेर गम्भिर घाइते भएकी उनको उपचारको लागि पोखराको अमरसिंहचोक स्थित पार्कल्याण्ड अस्पतालमा लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरे ।

Related Articles

Back to top button