vada
Video

चितवनबाट काठमाडौ गएको छोरा फर्केनन, सम्पत्ति खान भएपनि आउ भन्दै आमा आईन् रुँदै मिडियामा (भिडियोसहित)

चितवन । चितवनबाट एउटी आमाले आफ्ना छोरालाई गुहारेकी छन् । ५ भाई छोरा र ४ बहीनी छोरीकी धनी आमा अहिले भने ७० वर्षको उमेरमा एक्लै हुनु परेको छ । भनिन्छ बुढेस् कालको साहारा नै छोराछोरी हुन् तर यी आमाकोलागी यो उखान् लागु भएन जीवनमा । यतिबेला उनी यो बुढेस्कालमा आफ्नै घरमा एक्लै बसेकी छन् । डाँडाकाँडा ढाक्ने सन्तान जन्माएर पनि आफु एक्लै बस्नु पर्दाको पिडा केवल उनै आमालाई मात्र छ ।

पाँच पाँच भाई छोरा जन्माएर पनि आज एक्लै बस्नु पर्ला भनेर उनले जीवनमा कल्पना पनि गरेकी थिईनन् । तर जीवन भनेकै कल्पना नगरिएका कुराहरुको कथा रहेछ । उनले पनि त्यही कल्पनाभन्दा परको कुरालाई नै आत्मा साथ गर्दै दिन कटाई रहेकी छन् । घर बास सबै भएर पनि केही नभएको जस्तो छ ती आमाको । उज्यालोमा पनि अध्याँरो छ ती आमाको जीवन । किनभने उनको घरमा कोही पनि सन्तान छैनन् जो उनीसंग यो उमेरमा बसेर उनका कुरा सुनिदिऊन् ।

एक्लो पन र एकान्तले मान्छेलाई पिरोल्छ । यो कुराको राम्रै भुक्तभोगी भएकी छन् ती आमा । आफ्ना कुरालाई रुँदै एक अन्तरवार्तामा सुनाएकी छन् उनले । यतिबेला उनको एउटै चिन्ताको विषय बनेको छ उनको सम्पत्ति । उनी भन्छिन्,‘म डाँडा माथिको घाम भईसकें । मेरो शेषपछि मेरो यो सम्पत्ति कस्ले उपयोग गर्ला ? म बाँचुल्जेल छोरा फकिए हुन्थ्यो भन्ने ठूलो इच्छा छ । उसको मुख हेरेर मर्ने इच्छा पनि छ ।’ भिडियोसहित

Related Articles

Back to top button