News

आजको बैठकले गर्यो यस्तो निर्णय : भोलिबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द !

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु भोलिबाट कात्तिक ६ गतेसम्म बन्द हुने भएको छ । नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बिहीबार बसेको नगरपालिकाको विभागीय शाखा प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

जनप्रतिनिधि एवम् कर्मचारीहरु कन्ट्राक्रट ट्रेसिङमा रहेको र समुदायमा कोरोना संक्रमण फैलिदै गएको पाईएकाले मेलम्ची नगरपालिका र यसअन्तर्गतका वडा कार्र्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको नगरपालिका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

यस्तै जनप्रतिनिधि एवम् कर्मचारीहरु संक्रमित तथा कन्ट्राक ट्रेसिङमा रहेकाले वडा नम्बर १ र ३ बाट प्रवाह गरिने सबै सेवाहरु बिहीबारदेखि कात्तिक ३ गतेसम्म पूर्ण रुपमा बन्द गरिने निर्णय गरिएको पनि अर्यालले जानकारी दिनुभयो ।Arthatantra.com**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close