vada
Intresting

कमै व्यक्तिको हातमा मात्रै हुन्छ यस्तो रेखा, जो हुन्छन् निकै भाग्यमानी

काठमाडौ। मानिसका हातमा कयौं प्रकारका रेखा र चिन्ह हुन्छन्। जसलाई हस्तरेखा ज्योतिषविद्याको माध्यमबाट हेरेर उसको भविष्यवाणी गरिन्छ।

मानिसको हातमा शुभ र अशुभ दुवै चिन्ह हुन्छन्। तर त्यही चिन्हमध्ये एउटा चिन्ह यस्तो पनि हुन्छ जुन हजार व्यक्तिमध्ये एकजनाको हातमा मात्रै हुन्छ।

यजसको हातमा यस्तो चिन्ह हुन्छ त्यसका व्यक्तिलाई भगवान शिवको सधैं कृपा भइरहन्छ। त्यो चिन्ह भनेको त्रिशुल हो।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आज हामी तपाइँलाई हातको कुन भागमा त्रिशुल भएको व्यक्ति भाग्यमानी हुन्छ भनेर जानकारी दिँदैछौं। हातमा यदि गुरु पर्वत नजिक त्रिशुलको चिन्ह छ भने त्यस्ता व्यक्ति आफ्नो जीवनमा धेरै सफल हुन्छन्।

र उसले आफ्नो क्षेत्रमा प्रसिद्धि प्राप्त गर्छ। यो चिन्ह चेरी औँला र गुरु पर्वतमा बनेको हुन्छ। यदि त्रिशुलका चिन्ह बुध पर्वतमा छ भने त्यस्तो व्यक्ति धेरै भाग्यमानी हुन्छ। र निकै तिक्ष्ण दिमाग भएको पनि हुन्छ। बुध पर्वत कान्छी औंलाको तल बनेको हुन्छ।

यदि त्रिशुलको चिन्ह बुढी औंलाको निकै तल अर्थात शुक्र पर्वतमा बनेको छ भने त्यस्ता व्यक्ति निकै इमान्दार र आफ्नो काममा निपूर्ण हुन्छन्। यस्ता व्यक्तिलाई भगवान शिवको विशेष कृपा हुन्छ।

यदि त्रिशुलको आकृति मंगल पर्वतमा बनेको छ भने युवा अवस्थादेखि नै सफलता प्राप्त हुन थाल्छ। मंगल पर्वत गुरु र शुक्र पर्वतको माध्यमबाट बनेको हुन्छ।

तपाईको हातमा यी रेखा छन् ?

१) हत्केला बाक्लो छ र औंलाको आधार बराबरी छ तथा भाग्य रेखा समेत एक भन्दा बढी छन् भने जीवनमा धन प्राप्त हुन्छ । यस्ता रेखा हुने ब्यक्तिलाई जीवनमा अचानक धन आइलाग्छ।

२) भाग्य रेखा हत्केलामा मोटोबाट पातलो हुँदै गएको हुन्छ। जीवन रेखा गोलो र शनि पर्वत अग्लो हुने ब्यक्तिलाई ब्यवसाय गरेर धन हात पर्छ। करोडपति बन्ने सम्भावना हुन्छ।

३) हत्केला बाक्लो छ र जीवन रेखाका साथै मंगल रेखा पनि गएको छ भन् यो ब्रम्हाको संकेत हो यसले तपाइँ करोडपति हुने जानकारी दिन्छ। यस्ता ब्यक्तिलाई जीवनमा पैत्रिक सम्पति समेत प्राप्त हुन्छ।

४) हत्केलामा भाग्य रेखा जीवन रेखाबाट टाढा छ र चन्द्र पर्वतदेखि निस्किएको रेखा भाग्य रेखा सम्म पुगेको छ भने पनि विदेश गएर धन कमाउने योग देखाउँछ।

५) भाग्य रेखा मणिबन्ध रेखाबाट निस्किएर सोझै शनि पर्वतमा पुगेको छ र सूर्य रेखा एक भन्दा अधिक छ भने सूर्य र शनिको प्रभावले त्यस्ता ब्यक्तिलाई अति धनी बनाउँछ।

६) चन्द्रमबाट एक रेखा निस्किएर भाग्य रेखा सम्म पुगेको र छ भाग्य रेखा पातलो हुँदै शनि पर्वत सम्म पुगेको छ भने यस्ता ब्यक्ति पनि सहजै करोडपति बन्न सक्छन्।

७) विवाह रेखा गुरु पर्वतमा पुगेको छ र हातमा मोटा रेखाको जालो छैन भने मस्तिस्क रेखा नफाटेका ब्यक्तिलाई पनि महिला वा ससुरालीको तर्फबाट नसोंचेको मात्रामा धन प्राप्त हुन्छ।

८) हातमा औंलाहरु सिधा छन् र जीवन रेखा गोलो छ एवं शुक्र पर्वतमा कोठी छ भने करोडपति बन्ने संकेत हो।

९) हत्केलामा भाग्य रेखा, बुध रेखा तथा मस्तिष्क रेखा त्रिकोणको चिन्ह बनाएको अवस्थामा छन् भने तपाइँ धनी बन्ने निश्चित छ।

Related Articles

Back to top button