vada
News

मुख्यमन्त्री राई बेहुला हुँदा यस्ता देखिए

काठमाडौं, ११ माघ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङ्मु शेर्पाले आज लगानगाँठो कस्दैछन् । काठमाडौंमा हुने विवाह समारोहका लागि मुख्यमन्त्री राई जन्ती लिएर केही क्षणमै नक्सालस्थित एलिश रिसेप्शन पुग्दैछन् ।

कोरोना संक्रमणका कारण सिमितमात्र जन्ती बनाइएको छ ।
विवाह साइतअनुसार आइतबार बिहान टिकाटालो गरेका छन् । ‘मिस मंगोल नेपाल–२०१८’की विजेता ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो । आज हुने विवाह समारोहमा करिब पाँच सय जनालाई निम्तो दिइएको बताइएको छ । अतिथि तथा निम्तालुहरुलाई विवाहमा सहभागीका लागि ३ बजेको निमन्त्रणा कार्ड दिइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यस्तै भोली सोमबार विराटनगरमा पनि विवाह भोज दिँदैछन् । त्यसका लागि सबै तयारी भइसकेको बताइएको छ ।

Related Articles

Back to top button