News

काभ्रेमा कोरोनाबाट दाजुभाईको मृत्यु

काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई जनाको कोरोनाको कारण मृत्यु भएको छ । १० दिनको‍ फरकमा दुई जना कै मृत्यु भएको हो ।

गत असोज १८ गते ४५ बर्षीय भाईको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने बुधबार राती ५० बर्षीय दाजुको पनि धुलिखेल अस्पतालमा मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

मधुमेह रोगबाट पीडित ती पुरुषलाई गत भदौ २७ गते धुलिखेल भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार गराएपनि एक महिनापछि उनको मृत्यु भएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कोरोनका कारण अहिलेसम्म १२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ

Related Articles

Back to top button
Close