News

बढ्यो खतरा, काठमाडौ कोरोना संक्रमणको चौथो चरणमा

काठमाण्डौ । नेपालमा कोरोना संक्रमणको दर र लक्षण सहित संक्रमित हुनेको संख्या उल्लेख्य मात्रामा बढ्दै गईरहेको छ । प्रतिदिन कोरोना संक्रमित र कोरोनकै कारण मर्नेको संख्या २ हजारभन्दा माथि हुँदै गईरहेको छ । यो नियन्त्रण हुनुको सातो उल्टै यसको बृद्धिदरमा व्यापकता आईरहेको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणकालागी सरकारसँग कुनै तयारी र योजना नै नभएका कारण यो अवस्था आएको वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. बाबुराम मरासिनीको बताउँछन् । डा.मरासिनीका अनुसार कोरोना नियन्त्रण बाहिर मुलुकमा जाँदा राजनीतिक अस्थिरता समेत निम्तिनसक्ने खतरा बढेको बताएका छन् ।

उनले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था चौथो चरणमा पुगेको टिप्पणी गरे । उनले भने,‘हामी तेस्रो चरण पास गरेर चौथो चरणमा प्रवेश गरेका छौं जस्तो लाग्छ । काठमाडौंको सन्दर्भमा चौथोमा प्रवेश गरेको जस्तो बुझिन्छ । किनभने यो धेरै ठूलो भइसक्यो । यहाँ कार्यालयभित्र, घरभित्र, समुदायमा सबैतिर पसिसक्यो ।’

सुरुवाती दिनमै कोरोना संक्रमणलाई स्रोतमै रोक्ने प्रयास गर्नुपर्नेमा सरकारले ध्यान नदिएको उनको भनाइ छ । स्वास्थ्य संकटले आर्थिक संकट र आर्थिक संकटले सामाजिक र राजनीतिक संकट निस्किने उनले बताए ।

Related Articles

Back to top button
Close