International

सुशान्त मृत्यु प्रकरणः सिबिआईको अनुसन्धान पूरा, निकाल्यो यस्तो निष्कर्ष

बलिउड अभिनेता सुशान्त सिंह राजपूत प्रकरणको अनुसन्धान सिबिआईले पूरा गरेको छ । सिबिआईले अहिलेसम्म सुशान्तको मृत्युमा कसैको पनि षड्यन्त्र नभेटेको जानकारी दिएको छ ।भारतीय सञ्चार माध्यमले सिबिआईको अनुसन्धान अब पूरा भइसकेको र उनीहरुले चाँडै नै आफ्नो रिपोर्ट अदालतमा पेश गर्ने खबर छापेका छन् ।

सिबिआईले अक्टोबर ८ मा सुशान्तका भिनाजु र फरिदाबादका कमिश्नर ओपी सिंह र सुशान्तकी दिदी नीतूसँग दिउँसो सोधपुछ गरेको थियो । यो सोधपुछसँगै सिबिआईको अनुसन्धान पूरा बताइएको छ ।

सिबिआईले आफ्नो अनुसन्धनमा पत्ता लागेका सबै परिस्थितीजन्य साक्षीको आधारमा रियालाई आरोपी बनाउने नबनाउने निर्णय अदालतमाथि नै छोड्ने अनुमान गरिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close