News

मृ’त्युसंग लड्दै बलिउड अभिनेता फराज, परिवारले गरे आर्थिक सहयोगको अपिल

काठमाडौ । बलिउड अभिनेता फराज खान अहिले जिवन र मृ त्यु संगको दोसाँधमा छन् । रानी मुखर्जीको फिल्म ‘मेहेन्दी’ मा उनको श्रीमानको भूमिका निभाएका अभिनेता फराजले आफ्नो जिवन बचाउन प्रशंसकसंग आग्रह गरेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अस्पतालमा रहेका उनलाई ब्रेन इन्फेक्सनपछि उनलाई आइसीयूमा राखिएको छ । उपचारमा ठूलो धनराशि खर्च भएका कारण फराजको परिवारले उनका लागि अनलाइन फन्डको अपिल गरेका छन् । हालै फिल्म निर्माता पूजा भट्टले पनि फराज खानका लागि ट्वीटरमा एउटा पोस्ट सेयर गरेकी छिन् जसमा उनले मद्दतको अपिल गरेकी छिन् ।

लामो समय अस्वस्थ्य भएका फराजको उपचारमा धेरै पैसा खर्च भइसकेको छ । उनको परिवार सहित बलिउड कलाकारहरुले पनि सहयोगको अपिल गरेका छन् । पूजा भट्टले आफ्नो ट्वीटमा फराज खानको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘कृपया जति सक्नुहुन्छ त्यति सेयर र योगदान गर्नुहोस् । मैले पनि गरिरहेको छु । तपाईंहरुको थोरै योगदानका लागि पनि असाध्यै आभारी हुनेछु ।’

उनको उपचारका लागि अझै २५ लाख आवश्यक पर्ने भएकाले परिवारले सहयागको अपिल गरेका हुन् । उनी पछिल्लो पाँच दिनेदेखि भेन्टिलेटरमा छन् । डाक्टरले उनी बाँच्ने सम्भावना ५० प्रतिशत रहेको बताएका छन् ।’ फराज र फरहान खान बलिउड अभिनेता युसूफ खानका छोरा हुन् । फराजले मेहेन्दीबाहेक फरेब, पृथ्वी, दुल्हन बनूं मे तेरी जस्ता फिल्ममा काम गरेका छन् । यसबाहेक उनले केही टिभी शोमा पनि भाग लिएका छन् ।

Related Articles

Back to top button
Close