vada
News

‘पतिको ज्यान लिएर शव लुकाउन खोजिन्, नसकेपछि देह त्याग गरिन्’ – टोखा घटनामा नयाँ खुलासा

काठमाण्डौंको टोखामा एक ब्यक्तिको ज्यान लिइएको र एकको देह त्यागबारे प्रहरी अनुसन्धान जारी छ ।

उनीहरु दम्पति हुन् जसमध्ये पति ३ महिना मात्र अमेरीकाबाट नेपाल आएका थिए र घटना नभएको भए उनी अमेरीका फर्किसकेका हुने थिए ।

टोखामा उमेश केसीको ज्यान उनकै श्रीमती सुदीक्षाले लिएको निष्कर्षनजिक प्रहरी अनुसन्धान पुगेको पाइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सुदिक्षाले आवेशमा आएर पतिको ज्यान लिएको र शव ब्यवस्थापन गर्ने कोशिस गरेको देखिएको छ ।

यस्तो गर्न सम्भव नभएपछि सुदिक्षाले पनि देह त्याग गरेको पाटो तर्फ अनुसन्धान केन्द्रित छ । उमेशको ज्यान लिएपछि सुदिक्षाले देह त्याग गर्दाको समय १० घन्टा बढि भएको पोष्ट मार्टम रिपोर्टले देखाएको छ ।

सुदीक्षाले त्यही योजना साथ आफ्नी दिदीलाई बोलाएको हुनसक्ने ती अधिकारी बताउँछन् । भन्छन्, ‘उमेशको ह त्या भएको कुरा शर्मीलाले बिहीबार नै थाहा पाएर सुदीक्षालाई भेट्न पुगेको हुनपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।

नत्र पठाओ प्रयोग गरेर उनी राति त्यहाँ किन पुगिन्? र, पुगेको २ मिनेटमै किन फर्किन्?’

त्यो भेटमा सुदीक्षा र शर्मीलाबीच उमेशको शव व्यवस्थापन गर्ने विषयमै छलफल भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बिहीबार राति शव व्यवस्थापन गर्न नसकेपछि अन्तिममा सुदीक्षाले आ त्म ह त्या गरेको हुन सक्छ, ती अधिकारीले भने ।

गत ७ कात्तिकमा उमेश अमेरिकाबाट तीन महिनाका लागि नेपाल आएका थिए । आएको पर्सिपल्ट अर्थात् ९ कात्तिकदेखि श्रीमतीसहित उनी ग्रान्डी भिल्ला कोलोनीमा भाडामा बस्दै आएका थिए ।

Related Articles

Back to top button