vada
News

बस नम्बर ना २ ख ९६४३, जसले बिदा गर्यो सल्यानका वीरेन्द्र भण्डारीलाई सदाका लागि यस धर्तीबाट

सल्यानका ३० बर्षका वीरेन्द्र भण्डारी सायद अझै साथीभाई र परिवारबिच नै हुन्थे होलान् । तर बिचमा आइदियो ना २ ख ९६४३ नम्बरको बस । यसै बसले भण्डारीलाई यस धर्तीबाट सदाका लागि विदा गर्यो ।

उक्त बस दार्मा गाउँपालिकाको दार्माकोटबाट दाङको तुलसीपुर जाँदै थियो । भण्डारी भने रा३प ८६६७ नम्बरको मोटरसाइकलमा सवार थिए । बसले शारदा नगरपालिका–६ बरलामा भण्डारी चढेको मोटरसाइकल ठक्कर दियो ।

भण्डारी यस सन्सारबाट सदाका लागि विदा भए । घाइते भएका भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल लगिदैं थियो । तर उनी अस्पताल पुग्न पाएनन् । बाटैमा अस्ताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार घटनापछि बस चालक सम्पर्कमा छैनन् ।भण्डारीको मृत्युपछि स्थानीयले राप्ती लोकमार्गअन्तर्गतको सल्यान–रुकुम सडक अवरुद्ध पारेका छन् । भने, सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए ।

Related Articles

Back to top button
Close