News

पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुर्दा दुईजना वेपत्ता

६ साउन, काठमाडौं । पूर्वी नवलपरासीको बुलिङ्टारमा पहिरोले घर पुरिँदा दुई जना सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मीले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए । ‘बाटो अवरुद्ध छ, टेलिफोन सम्पर्क पनि स्थापित हुन सकिरहेको छैन,’ एसपी रेग्मीले भने, ‘त्यसैले विस्तृत विवरण आइसकेको छैन ।’

घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । स्थानीयवासी र जनप्रतिनिधि उद्धारमा खटिएका छन् ।

Related Articles

Back to top button
Close