vada
News

बिरगन्जमा संगै ६ कक्षामा पढ्ने व्यवसायीका दुई छोरा हराए, ब्याडमिन्टन खेल्न विहान घरवाट निस्किएका थिए

काठमाडौ । बिरगन्जमा ट्युशन पढेर फर्के पछि ब्याडमिन्टन खेल्न निस्केका दुई बालक हराएका छन् । शनिबार बिहानदेखि पर्साको वीरगन्जबाट दुईजना बालकहराए पछि परिवारका सदस्य चिन्तामा छन् । प्रहरीले पनि बालकहरुको खोजी सुरु गरेको छ ।

बालकहरु दुवै जना वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका रहेको पर्सा प्रहरीले जनाएको छ। वीरगञ्जका व्यवसायी जगरनाथ कलवारका छोरा शिवेश गुप्ता (तेजस) र वीरगञ्ज–४ विर्ता बस्ने दिपेश शर्माको छोरा प्रनेश शर्मा हराएका हुन । हराएका बालकहरु गौतम स्कुलमा कक्षा ६ मा अध्यनरत थिए ।

शनिबार बिहान होम ट्युसन पढेपछि साइकल लिएर निस्केका उनीहरु घर फर्किएका छैनन् । बालकहरु परिवारको सम्पर्कमा नआउँदा परिवार चिन्तित छन्

कलवार राष्ट्रिय यातायात व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष पनि हुन्। सिभिल प्रहरीसहितको सहकार्यमा खोजी कार्य अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीले बालकहरुको खोजीका लागि सीसीटिभी फुटेजको पनि अध्ययन गरेको छ ।

अहिले सम्म एउटा सीसीटिभीमा उनीहरु देखिएको भएपनि ती बालकहरु फेला नपरेको सोही एरियामा रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीले बताए। दबै बालकहरु स्थानीय गौतम मा।वि। को कक्षा ६ मा अध्ययनरत छात्र रहेको प्रहरीले जनाएको छ।

दुवै बालकहरु घरबाट बिहान करिब ११ बजे तिर बाहिर निस्केका थिए। अहिलेसम्म दुवै जना फेला परेका छैनन्। कहिँबाट कुनै जानकारी वा सूचनाहरु पनि केही आएको छैन। प्रहरीमा भने हिजो साँझ नै उजुरी दिएर दबवै बालकको खोजी कार्य भइरहेको तेजसका बुबा जगरनाथ कलवारले बताए।

‘केही मागेर नल्याइदिएको पनि हैन, घरमा झ’ग’डा गरेको पनि थिएन,’ उनले भने, ‘घरबाट सँधै जस्तै निस्केको मान्छे फर्केर नआएपछि साथीभाइ आफन्तकोमा खोजी गर्‍यौं । नभेटिएपछि प्रहरीको सहयोग लिएका छौं ।’

यातायात व्यवसायी कलवारको होटल व्यवसायमा समेत लगानी छ । त्यसैले बालकहरुको अ’पहर’ण भएको हुनसक्न आशंका कतिपयले गरेका छन् । तर बालकहरु अ’पहर’णमा परेका हुन वा कतै गएका हुन ? यकिन भइसकेको छैन । अहिलेसम्म कतैबाट फोन नआएको कलवारले बताए ।

Related Articles

Back to top button