News

कोरोना संक्रमणले अस्पताल आएको ३० मिनेटमै ३७ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणले ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका ती पुरुषको ३० मिनेटभित्रै ज्यान गएको अस्पतालले जनाएको छ ।

स्वासप्रश्वासमा समस्या भएर आएका ३७ वर्षीय पुरुषको अस्पताल आएको आधा घन्टा नहुँदै मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मोरङ बेलबारी नगरपालिका १० घर भएका पुरुषमा असोज २१ गते कोरोना संक्रमण देखिएको थियो । विराटनगरस्थित प्रयोगशालामा कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अन्य कुनै पनि रोग नभएका ती पुरुषमा एक्कासी स्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले अस्पताल ल्याएका थिए । अस्पताल ल्याएर उपचार सुरु गर्दागर्दै उनको मृत्यु भएको डा.श्रेष्ठले जानकारी दिए ।

Related Articles

Back to top button
Close