News

एउटै घरका दाजुभाईले १७ वर्षकी छिमेकी किशोरीलाई…..

काठमाडौ । महिला माथि अनैतिक काम गर्नेलाई उन्मुक्ति दिँदा थप घटना बढ्ने गरेको उदाहरण फेरी धनुषामा पनि देखिएको छ । धनुषामा पनि त्यस्तै प्रकृतिको घटना सार्वजनिक भएको हो । घरको इ ज्ज त जाने डरले अनैतिक काम गर्नेलाई माफी गरिदिँदा मनोबल बढ्दै गएको देखिएको छ ।

धनुषाको सरसामा एकै घरका दाजु भाईले १७ वर्षकी किशोरीलाई विगत केही वर्ष देखि अनैतिक काम गर्दै आएको खुलेको छ । १७ वर्षीय किशोरी १४ वर्षको उमेरदेखि नै भरतमान श्रेष्ठ र राममान श्रेष्ठवाट पी डित हुँदै आएको खुलेको हो ।

ति किशोरी मानसिक रोगी बनिन् । उनी घरका कुनामा लुकेर बस्न थालिन् । भि’ड’भा’डमा जान र केटा मान्छेलाई देखेपछि ड’रा’उन थालिन् । उनको व्यवहारमा यो खालको परिवर्तन आएपछि उनका आमाबुवाले ‘भु’त लाग्यो कि’ भनेर धामी झाँ’क्रीलाई देखाएर झा’र’फुक पनि गर्न लगाए ।

झा’र’फुकबाट पनि निको नभएपछि उनलाई अस्पताल लगियो । विराटनगरमा लगेर उपचार गर्दा पनि खासै सुधार भएन । अनि अर्को डाक्टरलाई देखाउन भन्दै परिवारले उनलाई धरान लग्यो । धरानका डाक्टरले सबै जाँच गर्दै गएपछि केटीले नै आफू माथि भएको घटना सुनाएपछि त्यसवारेमा परिवारले थाहा पाएका हुन् ।

औषधी गरेर घरमा आराम गरेको बेलामा पनि ति युवकहरुले उनलाई अनैतिक काम गरेको परिवारकै सदस्यले समेत देखेका हुन् । अहिले गाउँमा राजनीतिक दलका स्थानिय नेता समेत मिलेर त्यो घटना त्यसै मिलाउन आफुहरुलाई ध म्की आएको बताएका छन् । उनीहरुले गाउँमै बस्न नसक्ने अवस्था आएको भन्दै सुरक्षा मागेका छन् ।

परिवार कोही नभएको बेलामा परिवारकै सदस्यले देखेपछि घरमै गएर त्यस बारेमा कुरा गर्दा पनि मानेनन् । गाउँमा भद्र भलाद्मी राखेर न्याय माग्दा उल्टै माफी दिएर आइन्दा यस्तो नगर्ने सर्तमा छोड्न दवाव आएपछि किशोरी थप समस्यामा परेकी छन् ।

Related Articles

Back to top button
Close