News

फेक अकाउन्ट खोलेर गलत समाचारहरु सम्प्रेषण गरियो, भ्रममा नपर्नुस् : कुलमान घिसिङ

काठमाडौं, १० भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नामको फेक एकाण्ट खोली गलत समाचार सम्प्रेषण् गरिएको बताउनुभएको छ ।मंगलबार मन्त्रिपरिषद्ले कुलमानलाई नै प्रािधकरणको कार्यकरीमा निरन्तरता दिने निर्णय गरिएको विषयमा कुलमान घिसिङको फेक अकाउण्टबाट समाचार सम्प्रेषण भएपछि भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

समाजिक सञ्जाल फेसबुकमार्फत् घिसिङले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको जानकारी दिनुभएको छ । ‘मेरो फेक अकाउन्ट खोली विभिन्न समाचारहरु सम्प्रेषण भएकाले मेरो योबाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउदछु, उहाँले भन्नुभएको छ ।

Related Articles

Back to top button
Close