vada
Entertainment

सुहाना थापाले अमेरिकाबाट सामाजिक संजालमा शेयर गरिन आफ्ना सुन्दर तस्बिरहरु (फोटोसहित)

अभिनेत्री सुहाना थापालाई अब अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरीको रुपमा चिनाउन आवश्यक छैन । पहिलो चलचित्र ‘ए मेरो हजुर ३’ बाट उनले आफूलाई युवापुस्ताको ठूलो समुहमा चिनाएकी छन् । यो चलचित्रमा अभिनय, डाइलग डेलिभरी, एक्सप्रेसन, नृत्य र सुन्दरताको निकै प्रशंसा भएको थियो । आफ्नो शरीरमा ‘फिल्मी ब्लड’ रहेको उनले प्रमाणित गरिसकेकी छन् ।

‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित गरेपछि उनलाई बाहिरी ब्यानरबाट चलचित्र प्रस्तावको ओइरो लागेको छ । तर, उनका पिता (सुनिल कुमार थापा) ले अध्ययनको कारण देखाउँदै छोरीलाई बाहिरी ब्यानरको चलचित्र गर्न दिएका छैनन् । केही समय अगाडि अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने चलचित्र ‘डिसेम्बर फल्स’ पनि सुहानालाई अफर गरिएको थियो ।

चलचित्रमा प्रवेश गर्नुभन्दा अगाडि सुहाना अमेरिकामा अध्ययन गरिरहेकी थिइन् । उनको अध्ययन अझै पूरा भएको छैन । यही शिलशिलामा उनी गएको हप्ता माता र पितासँग अमेरिका उडेकी थिइन् । त्यहाँ उनीहरुको बसाई एक महिनाको हुने जानकारी प्राप्त छ । चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन २ महिनाका लागि स्थगन गरेर थापा परिवार अमेरिका प्रस्थान गएका हुन् ।

यसबीच, झरना थापाले छोरीको अमेरिका घुमघामका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् । तस्विरमा सुहानाको सुन्दरता निकै खुलेको छ । दोस्रो पटक ‘ए मेरो हजुर ४’ मा अभिनेता अनमोल केसीसँग रोमान्स गरेकी उनले चलचित्रमा कलेज लाइफमा मापसे र गुण्डागर्दी गर्ने विद्यार्थीको भूमिका निभाएको बुझिएको छ । चलचित्रमा सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् ।

Related Articles

Back to top button
Close