मंगलवारबाट चालक अनुमतिपत्रको आवेदन र ट्रायल परीक्षा सेवा सञ्चालन हुने
काठमाडौं, १३ पुष । सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र ट्रायल परीक्षा मंगलबार देखि सञ्चालन हुने भएको छ ।
सूचना निकालेर लाइसेन्सको अनलाइन आवेदन मंगलबार १४ पुसदेखि खुला गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको कारण विगत १० महिनादेखि सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन रोकिएको थियो ।
मंगलबारदेखि लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रायल सबै खुला गर्न लागिएको विभागले जनाएको छ । विभागका निर्देशक तथा प्रबक्ता लोकनाथ भुसालले नेपाल सरकार मन्त्री परिषदले गएको चैत्र ११ बाट कोभिड १९ का कारण लकडाउन गरिएको कारण नयाँ प्रयोगात्मक तथा लिखित परीक्षा बन्द रहेको र मगलबारबाट देश व्यापी रूपमा अन्लाईन आबेदन खुल्ला गरेको बताए ।
प्रवक्ता भुसालका अनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा सञ्चालन गर्न सवै कार्यालयहरूलाई पत्रचार गरिसकेको उनको भनाई छ ।
प्रदेश यातायात कार्यालयबाटै अब नयाँ लाइसेन्स अन्लाईन सेवा मार्फत परिक्षा सञ्चालन हुने विभागले जनाएको छ। विभागले धेरै भिडभाड नहोस भनेर उच्च सर्तकता अपनाई सेवा प्रभाहाको व्यवस्थापन गर्न कार्यालयहरूलाई निर्देशन समेत दिएको छ ।