vada
Video

सशस्त्र प्रहरीका पुर्व हवल्दार किड्नी बेच्न पञ्जावमा, श्रीमतीले घर न घाटको बनाएपछि पर्यो यस्तो बाध्यता (भिडियो हेर्नुस्)

काठमाडौ । शसस्त्र प्रहरीमा ९ वर्ष काम गरेका एक युवक अहिले आफ्नो किड्नी बेच्न भन्दै भारतमा भौतारिएका छन् । भएको सम्पत्ती सकियो, श्रीमतीले सम्पत्ती सकिदिइन् १३ वर्षको उमेरमा छोरीले विवाह गरेर हिडिदिइन् ।

त्यसपछि उनी अहिले किड्नी बेच्न भन्दै भारतको महाराष्ट्र पुगे । दाईले घर बेचेर दिएको दुई लाख रुपैया पनि सकियो । तर अहिले कुनै उपाय नभएपछि उनी आफ्नो किड्नी बेच्न भन्दै भारत पुगे । उनी शसस्त्र प्रहरीका पूर्व हवल्दार हुन् । किड्नी बेच्न उनी भारतको पञ्जाव पुगेका छन् ।

खिलबहादुर खत्री उनको नाम हो । उनको स्थायी ठेगाना दागंको घोराहीमा छ । घोराहीमा भएको सबै सम्पत्ती सकियो । अहिले म संग एउटा टि सर्ट मात्र छ । पहिलो श्रीमती विदेश गएपछि सम्बन्ध विग्रियो । उनले कान्छि श्रीमती विवाह गरे ।

श्रीमतीलाई विदेश नजा भनेर सम्झाएको थिए तर उनी नमानेर विदेश गइन् । आफु शसस्त्र प्रहरीमा जागिर गर्ने भएकाले नयाँ घरमा राख्छु विदेश जानु पर्दैन भनेर सम्झाउँदा पनि मानिनन् । त्यस पछि उनीहरुको सम्बन्ध विग्रियो ।

दोस्रो श्रीमती ल्याए पछि पनि पहिलो श्रीमतीले कुनै समस्या पारेकी छैनन् । उनी विवाह पछि पनि नेपाल फर्किएन् घरमै आएर बसिन् । शसस्त्र प्रहरीको जागिरवाट १३ हजार रुपैया मात्र तलब थियो । जागिरको तलबले घर बनाएको ऋण पनि तिर्न नसकेपछि उनले जागिर छोडे ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उपदानवाट आएको साढे ६ लाख रुपैया घर बनाउँदा लागेको ऋण तिरे । त्यसपछि उनी मलेसिया गए । त्यहाँ राम्रो कमाइ थियो । मलेसियामै भेटिएकी अर्की महिलासंग उनले आफ्नो घर पठाए । घर पठाउनु अघि सिन्दुर हालेर विवाह गरेर पठाइदिए ।

जसलाई विश्वास गरेर दोस्रो विवाह गरे, सबै सम्पत्ती सम्पिए उनैका कारण अहिले सडकको बास भएको छ । मलेसियावाट फर्किएपछि पनि उनले महिनामा ४० हजार कमाउँथे तर दोस्रो श्रीमतीले उनलाई घर न घाटको बनाइन् । वृद्ध आमा बुवा, छोरीले पनि छोडेर हिडिन्, सानो छोरा छ । घर गएर बस्ने बास पनि छैन । त्यसैले उनी भारतमा किड्नी बेच्न भन्दै पुगेको बताए ।

Related Articles

Back to top button