vada
News

बढ्यो सुनको मूल्य

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ७ सय रुपैयाले बढेर प्रतितोला ९४ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९४ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैंयाले बढेको छ । आज चाँदीको मूल्य तोलामा १३ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button